प्रदेश नं १ मा ९३ प्रतिशत रोपाइ

0
118

विराटनगर ३ भदौ । प्रदेश नं १ मा ९३ प्रतिशत रोपाइ भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार सोलुखुम्वुमा शतप्रतिशत धान रोपाई भएको छ । सवैभन्दा कम धनकुटा जिल्लामा रोपाई भएको छ । धनकुटामा ७० प्रतिशत रोपाई भएको छ । संखुवासभामा ९८ प्रतिशत रोपाई भएको छ । ताप्लेजुङमा ९२ प्रतिशत, पाँचथर जिल्लामा ९५, इलाममा ९० प्रतिशत , भोजपुर जिल्लामा ७८ प्रतिशत , तेह्रथुम जिल्लामा ७५ प्रतिशत रोपाइ सकिएको छ । उदयपुरमा ९२ प्रतिशत रोपाइ भएको छ । ओखलढुंगा जिल्लामा ८० प्रतिशत, खोटाङमा ८० प्रतिशत, झापामा ९७ प्रतिशत, मोरङ जिल्लामा ९८ प्रतिशत र सुनसरीमा ९७ प्रतिशत रोपाइ भएको छ । कृषि बिकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलका अनुसार प्रदेश नम्बर १ मा धानखेती हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिन भएपनि ३ लाख १८ हजार ५ सय ३० दशमलव ७८ प्रतिशत हेक्टर जमिनमा मात्रै यो बर्ष रोपाइ भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here