Tune to BFM 91.2|Biratnagar

प्रदेश प्रमुख अधिकारीद्धारा श्रीकृष्णजन्माष्टमीको शुभकामना

विराटनगर, १४ भदौ । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले श्रीकृष्णजन्माष्टमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एबम् उत्तरोत्तर प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

श्रीकृष्ण न्याय, आस्था र प्रेमका प्रतिक रहेको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले जीवन र जगतको प्रतिनिधित्व गरी मानवलाई स्वधर्म र सत्कर्मको पाठ पढाउने न्यायमूर्तिको रुपमा श्रीकृष्णलाई मान्ने गरिएको प्रदेश प्रमुख अधिकारीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । यस्तै उहाँले गौरा पर्वको अवसरमा पनि शुभकामना सन्देश दिनुभएको छ । गौरा पर्व सौभाग्य र सतित्व रक्षाका लागि वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले मनाउने महान पर्व रहेको उहाँले उल्लेख गर्नुभयो । गौरा पर्वमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेल्ने नाच्ने गाउँने गरी मनाइने गरिन्छ । प्रदेश प्रमुख अधिकारीले विश्व बेपत्ता विरुद्धको दिवसको अवसरमा पनि बेपत्ता नागरिकको फेहरिस्तले मुल्यहरु चुकाउने क्रममा बनेका पुराना घाउहरुको आलो पीडालाई दर्शाउने भन्दै यस्ता घटनाहरु कही कतै र कहिल्यै पनि भोग्नु नपरोस् भन्ने कामना गर्नुभएको छ ।

कोरोनासँगै नेपालका विभिन्न स्थानमा बाढी, पहिरो, नदी कटान, डुवान तथा नदीको सतह बढेर ठूलो जनधनको क्षति भइरहेको अवस्थामा सम्पूर्ण जनताका प्रतिनिधि र सरोकार वाला सबै निकायलाई जनधनको रक्षाका लागि र दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलार्ई आवश्यक सहयोग पुर्याउन सरोकार बाला निकायको पनि प्रदेश प्रमुख अधिकारीले ध्यानाकर्षण गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button