Tune to BFM 91.2|Biratnagar

प्रदेश प्रयोगशालाले केही दिन नयाँ स्वाब नलिने

विराटनगर, ६ कात्तिक । प्रदेश १ को जनस्वास्थ्य प्रयोगशाला (ल्याब)ले पीसीआर परीक्षणका लागि केही दिन कोरोना शंकास्पदको नयाँ स्वाब लिन नसकिने जनाएको छ ।

चाडपर्व सुरु भएसँगै प्रदेशमा दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको बेला प्राविधिकमा कोरोना भाइरसको संक्रमण देखिएकोभन्दै परीक्षणका लागि प्रयोगशालामा नयाँ स्वाब लिन छाडिएको हो । प्रयोशालामा कार्यरत तीन प्राविधिक र एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्राविधिकमा संक्रमण पुष्टि भएपछि नयाँ स्वाब संकलन र परीक्षण केही दिनका लागि स्थगित गरिएको प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले बताउनु भयो ।

परीक्षणमा खटिने प्राविधिकनै संक्रमणको सिकार बनेका कारण कोरोना शंकास्पदको नयाँ स्वाब लिएर परीक्षण गर्नसक्ने अवस्था नभएकाले उहाँको भनाइ छ । प्रयोगशालामा १३ प्राविधिक कार्यरत छन् । यादवले केही दिनदेखि बाँकी रहेका छ सय स्वाब परीक्षण गरिसकेपछि मात्रै नयाँ स्वाब संकलनका बारेमा सोच्नसक्ने अवस्था रहेको सुनाउनु भयो । यसैबीच विराटनगर महानगरपालिकाले पनि दसैंको अवधिमा स्वाब संकलन कार्य बन्द गरेको छ ।

आजदेखि आगामी कात्तिक १२ गतेसम्म स्वाब संकलन हुन नसक्ने जानकारी सार्वजनिक सूचनामार्फत नै महानगरले दिएको छ । महानगरपालिकाका जनस्वास्थ्य संयोजक दिलिपकुमार यादवका अनुसार जैन भवन र मोबाइल भ्यानबाट गरिँदै आएको स्वाब संकलन दसैं भरीलाई बन्द गरिएको हो । महानगरले स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा पठाउने गरेको थियो ।

अस्पतालमा दसैं विदा पर्ने भएकाले स्वाब परीक्षणका लागि पठाउन नसकिने हुँदा संकलननै रोक्नु परेको यादवले बताउनु भयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बडा दसैंको नवमीबाट तीन दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द रहने जनाउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button