Tune to BFM 91.2|Biratnagar

प्रदेश भंग गरेर देखाउन शेरधनलाई भीम आचार्यको चेतावनी

विराटनगर, ८ फागुन । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताउनु भएको छ ।

राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने बताउनुभयो । ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस्’ आचार्यले भन्नुभयोे, ‘धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’

अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिनाको अवधिमा मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेशसभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उहाँले बताउनुभयो ।

नेता आचार्यले अविश्वासको प्रस्ताव पारित भएपछि मात्रै को मुख्यमन्त्री हुने भन्ने टुंगो लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button