Tune to BFM 91.2|Biratnagar

प्रदेश सभाको बैठक आह्वान

विराटनगर, १७ साउन । प्रदेश १ सभाको बैठक आह्वान गरिएको छ । आगामी साउन २१ गते विहिबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको हो । संसद सचिवालयले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको बाइसौं बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखको आदेशानुसार सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८–०७९ बजेट पारित भएपछि असार २५ गते अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button