Tune to BFM 91.2|Biratnagar

प्रदेश सभामा मर्यादित भएर बोलौ : मुख्यमन्त्री राई

विराटनगर, १७ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा मर्यादित भएर बोल्न आग्रह गर्नुभएको छ । प्रदेशसभामा मर्यादालाई ख्याल गर्न उहाँको आग्रह छ ।

प्रदेशसभा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत हुन थालेको भन्दै मुख्यमन्त्री राईले प्रदेशसभाको गरीमालाई ख्यालगरि आफ्ना कुराहरु राख्न आग्रह गर्नुभयो । प्रमुख विपक्षीदल प्रति लक्षित गर्दै उहाँले भन्नुभयोे,‘संसदमा बोल्दा चिप्लियो भने, सकियो ।

’ प्रदेश सभाको बजेट अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री राईले हावादारी, उट्पट्याङ कुरा भन्दा विषयमा केन्द्रित भएर कुरा राख्न उहाँले भन्नुभयोे । प्रदेश सरकार जवाफ देही भएको र जवाफ पनि दिईरहेको उनले बताउनुभयो । संसद बैठकमा सहीकुरा राख्दा कोही नरिसाउने राईले बताउनुभयो । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले काम गरिरहेको बताउनुभयो ।

प्रदेश सरकारले स्वास्थ्य सामाग्री खरिदमा रुची नदेखाएको बताए । प्रदेश सरकारले अहिले सम्म सहयोगको भरमा उपचार गरिरहेको बताउनुभयो । उहाँले विभिन्न दाताहरुसँग सहयोग मागेर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको बताउनुभयो । भारतबाट नेपालीहरु स्वदेश फर्कने क्रमसँग होल्डिङ एरिया निर्माणको अवधारण प्रदेश १ सरकारले ल्याएको उहाँले बताउनुभयो ।

प्रदेश १ सरकारको अवधारण पछि संघीय सरकार र अन्य प्रदेशले पनि गरेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश १ मा भारतबाट १५ हजार र तेश्रो मुलुकबाट २ हजार ९४ जना आएको संसदलाई उनले जानकारी गराउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको नामाकरण छिट्टै हुने बताउनुभयो । नामाकरणका विषयमा धेरै कुरा उठिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‘ नाम छिट्टै हुन्छ, नामाकरणमा प्रदेश सरकारले सहजीकरण गर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button