Tune to BFM 91.2|Biratnagar

प्रदेश सभाले १० करोड बजेट सरकारलाई फिर्ता पठायो

विराटनगर, १४ बैसाख । एक नम्बर प्रदेश सभाले १० करोड रुपैया बजेट प्रदेश सरकारलाई फिर्ता पठाएको छ ।

कोरोना भाइरस संक्रमणको कारणले गर्दा खर्च हुन सक्ने कार्यक्रम कटौती गरेर बिवरण बुझाउन भएको परिपत्र अनुसार प्रदेश सभाले आज ९ करोड ९९ लाख १७ हजार रुपैया प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फिर्ता पठाएको हो ।

प्रदेश सभाका प्रबक्ता राजाराम दहालका अनुसार लकडाउन र कोरोना भाइरस संक्रमण जोखिमले गर्दा प्रदेश सभाले खर्च गर्न नसक्ने बिभिन्न कार्यक्रमहरु कटौती गरेर १० करोड बरावरको बजेट रकम प्रदेश सरकारलाई समर्पण गरीएको जानकारी गराउनुभयो ।

चालु आर्थिक बर्ष एक नम्बर प्रदेश सभालाई ३४ करोड ३७ लाख ९९ हजार रुपैया बजेट बिनियोजन भएको थियो ।प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले बैसाख १५ सम्म खर्च नहुने कार्यक्रमहरुको बिवरण बुझाईसक्न मन्त्रालय , बिभाग , कार्यालय र निर्देशनालयहरुलाई परिपत्र गरेको थियो ।

सबैतिरबाट खर्च कटौतीको बिवरण आइसकेपछि प्रदेश सरकारले चालु बर्षको कटौती भएको बजेट कोरोना कोषमा जम्मा गराउने बताइएको छ ।कोरोना भाइरस संक्रमण जोखिमले एक नम्बर प्रदेशको प्रदेशसभा गत चैत ६ गते देखी नै अनिश्चितकालकालागि स्थगित भएको छ ।

कोरोना रोकथामकालागि चैत ११ गते देखी लकडाउन भएपछि बैसाख ३ गते २०७७ देखी प्रदेश सभाको हिँउदे अधिबेशन औपचारिक रुपमा अन्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button