Tune to BFM 91.2|Biratnagar

प्रदेश सरकारको ध्यानाकर्षण गराउदै धरान

विराटनगर, ४ वैशाख । सुनसरीको धरान उपमहानगरपालिकाले कोरोना संक्रमणको जोखिम न्युनिकरण सहित लकडाउनको समय गरिएका कार्यहरुको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ ।

आज धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई सहित उपप्रमुख मञ्जु भण्डारी लगायतको टोलिले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रतिवेदन बुझाउनु भएको हो । लकडाउनको अवस्थामा धरान उपमहानगरपालिकाको तर्फबाट भए गरेको कार्यहरुको प्रतिवेदन सहित सहयोगका लागि पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश १ र २ का बिरामीहरु उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने भएकाले धरान उपमहानगरपालिका कारोना संक्रमणको उच्च जोखिम रहेकाले विशेष क्षेत्रको रुपमा हेर्दै आवश्यक सहयोग र सुविधाको लागि ध्यानाकर्षण गराएको छ ।

धरान उपमहानगरपालिकाले हाल सम्म ८ हजार ४ सय ६८ वटा राहत प्याकेज वितरण गरिसकेको जनाएको छ भने ४८ लाख ५५ हजार १ सय ९३ रुपैया धरानका विभिन्न दाताहरुबाट राहतकोषमा आर्थिक सहयोग जुटेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button