प्रदेश १ को हिउदे अधिवेशन अनिश्चित

0
195

विराटनगर, २५ पुस । पछिल्लोसमय विभिन्न विषयको टीकाटिप्पणी खेप्दै आएको प्रदेश १ को हिउदे अधिवेशन अनिश्चित बनेको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले गृहकार्य जारी रहेका कारण अधिवेशन हुन नसकेको बताउनु भयो । गत असोज २३ गते मंगलबार मध्यरातबाट वर्षे अधिवेशनको समापन गरेको प्रदेश सरकारले हालसम्म हिउ“दे अधिवेशन सुचारु गर्न सकेको छैन । तथापि वर्षे अधिवेशन सम्पन्न पहिले प्रदेशसभाका दलहरुबीच सर्वदलीय बैठकले मंसिर महिनामा हिउ“दे अधिवेशन सुचारु गर्ने सहमति बनेको नेपाली कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईको भनाइ छ । सचेतक राईले निर्धारित समयमा अधिवेशन गर्न नसक्नु लाजमर्दो भएको बताउनु भयो । प्रदेश सरकारसंग विजनेस हुँदाहुदै पनि दुई तिहाइ दम्भले नेकपा सरकारले सबै निर्वाचित जनप्रतिनीधिहरुको भविष्यसंग खेलवाड गरिरहेको उहाँको आरोप छ । सरकारले गतिशील रुपमा काम गरिरहेको भएपनि त्यसको प्रभाव जनतामा पर्न नसकेको बुझाइ राईको छ । प्रदेश सरकारले प्रदेश १ को राजधानी र नामको टुँगो लगाउन सकेको छैन । बैठक बोलाए यसै विषयमा भए पनि छलफल गर्न सकिने तर्क राईको छ । गत जेष्ठ १७ गतेदेखि सुरु भएको प्रदेश सभा वर्षे अधिवेशन ४ महिना १० दिनमा ५८ वटा बैठक बस्दै सकिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here