Tune to BFM 91.2|Biratnagar

प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राख्ने

विराटनगर, १९ वैशाख । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राहतलाई उत्पादनसँग जोड्ने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आङ्बोले सामाजिक दुरी कायम गरेर तथा स्वास्थ्य सम्वन्धी निर्देशिकाहरुले तय गरेको मापदण्ड अनुसारका योजनाहरु सञ्चालन गर्दै अगाडि बढ्नु पर्ने बताउनुभएको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय लकडाउन गर्नु पर्दा खाद्यान्न तथा आर्थिक क्षेत्रमा समस्याहरु देखापर्नसक्ने तर्फ सरकारले ध्यान दिएको मन्त्री आङ्बोको भनाई थियो ।

उहाँले देशमा खाद्य सङ्कट हुन नदिनकालागी उत्पादनमा जोड दिने गरी सरकारले योजना बनाइरहेको जानकारी समेत दिनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरेर किसानलाई, मल, बीउ, उत्पादन भण्डारण तथा बजारीकरणमा सरकारले सहजिकरण गर्ने बताउनुभयो ।

पहिलो चरणमा स्थानीय सरकारले मजदुर तथा न्यून आय भएका मजदुरलाई राहत स्वरुप केही परिमाणमा खाद्यान्न उपलव्ध गराएको र लकडाउन लम्बिदै गए दोश्रो चरणको राहत उपलव्ध गराउन सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । त्यस बाहेक प्रदेश सरकारले कुनै पनि कृषि गर्न चाहाने श्रमिकलाई स्थानीय सरकार सङ समन्वय गरेर सस्तो ब्याजमा ऋण उपलब्ध गराउन तथा अनुदान दिन तयार रहेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button