प्रदेश सरकारले नयाँ कार्यविधि निर्माण गर्ने

0
91

विराटनगर, १८ मंसिर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमतकुमार कार्कीले न्यायिक समितिलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले नयाँ कार्यविधि निर्माण गर्न लागेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित न्यायिक समितिको कार्यसम्पादन र एकरुपता कानुन सम्वन्धि प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले उप–प्रमुखहरुको इमान्दारिता र क्षमताका कारण न्यायिक समितिको काम प्रभावकारी वन्दै गएको वताउनुभयो । न्याय दिएर मात्र हुदैन न्यायको अनुभुती जनताले पाउने गरि न्याय प्रदान गर्नु आजको आवश्यकता रहेको उहाँको भनाई थियो । विभिन्न राजनितिक दलसँग जोडिएका स्थानिय निकायका उपप्रमुखहरु अहिले न्यायिक समितिको संयोजक भएकाले न्याय प्रदान गर्दा वा न्यायका विषयमा अन्तिम निर्णय गर्दा बायस हुन नहुनेमा उहाँले जोड दिनुभयो । २२ वटा कानुनका विषयमा सहि न्याय दिने अधिकार न्यायिक समितिलाई सुम्पिएकाले पनि न्यायिक समितिप्रति जनताको विश्वास बढेकाले पनि न्याय सम्पादनका विषयमा विभेद गर्नु नहुने उहाँको भनाई थियो । मन्त्री कार्कीले प्रदेश सरकारले कार्यविधि वनाएर न्यायिक समिति संचालनका लागी आगामी नीति तथा कार्यक्रममा वजेटमा व्यवस्था गर्ने वताउनुभयो । संघियतालाई वलियो र कानुनी शाशनलाई प्रभावकारी वनाउन पनि न्यायिक समितिको भुमिका महत्वपुर्ण रहने उहाँले वताउनुभयो । सहभागी स्थानिय निकायका उपप्रमुखहरुले न्याय समितिमा कानुन अधिकृतको दरवन्दी, वजेटको व्यवस्था तथा दक्ष कर्मचारीको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सोलु जिल्लाका सोलुुकुण्ड नगरपालिकाकी उपाध्यक्ष कल्पना राई, इलाम जिल्ला सन्दकपुर गाउपालिका उपाध्यक्ष सोभा पराजुली तथा दुहवी नगरपालिका सुनसरीकी उपाध्यक्ष सुनिता दाहाल साहले न्यायिक सेवामा देखिएको समस्या र चुनौतीको वारेमा बोल्नुु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here