Tune to BFM 91.2|Biratnagar

प्रदेश सांसदहरुद्धारा ल्यावको अनुगमन

विराटनगर, १० साउन । झापाको मेची प्रादेशिक अस्पतालमा स्थापना गरिने कोरोना भाइरस परिक्षण स्थलको झापाका प्रदेश सांसदहरुले अनुगमन गरेका छन् ।

पिसिआर ल्याव सञ्चालनको अवस्था बारेमा आज प्रदेश सांसदहरुले अनुगमन गरेका हुन । प्रदेश सांसदहरुले हिजो प्रदेश सरकारबाट पीसीआर मेसिन लगेका थिए । मेची प्रादेशिक अस्पतालमा साउन दोस्रो हप्तोबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु हुने भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र मेडिकल सुपरिटेण्डेन्ट पिताम्वर ठाकुरले सांसदहरुलाई अस्पतालले गरिरहेको तयारी बारे जानकारी गराउनु भएको थियो ।

सो अवसरमा सांसदहरु बसन्त बानियाँ, झलकसिंह दर्लामी, ओम सरावगी, एकराज कार्की, पूर्णसिंह राजवंशी, भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ लगायतले अनुगमन गर्नुभयो । झापा प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो ।

स्विस सरकारले उपलब्ध गराएका मध्ये एउटा मेसिन झापा लगिएको प्रदेश सांसद बसन्त बानियाँले जानकारी दिनुभयो । पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना परिक्षण गर्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button