Tune to BFM 91.2|Biratnagar

प्रदेश सांसदहरूद्धारा विराटनगर नाकाको कोराना हेल्थ डेस्क अनुगमन

विराटनगर, ३ चैत । कोरोना भाइरस भित्रन नदिन जोगबनी विराटनगर नाकामा राखेको हेल्थडेस्कको संसदीय समितिले अनुगमन गरेको छ । एक नम्बर प्रदेशसभाको सामाजिक विकास समितिले आज दिउँसो नाकामा पुगेर नेपालतर्फ राखिएको हेल्थडेस्कको अनुगमन गरेको हो ।

सामाजिक विकास समिति सभापति सरिता खड्काको नेतृत्वमा गएको सांसदहरूको टोलीेले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी, औषधि र चेकजाँचको अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा सरकारले कोराना भाइरस भित्रिन नदिन नाकामा हेल्थडेस्क राखेर अनुगमन थालेपनि सन्तोषजनक नभएको सभापति खड्काले बताउनुभयो ।

उहाँले विराटनगर–जोगबनी नाकामा अझै स्वास्थ्यकर्मी र हेल्थडेस्क थप गर्न आवश्यक भएको सुझाउनुभयो । अनुगमनमा सामाजिक विकास समितिका सदस्य सांसदहरू केदार कार्की, साबित्रा रेग्मी, झलकसिँह दर्लामी, लक्ष्मण तिवारी, निरन राईलगायत सहभागी थिए ।

विराटनगर–जोगबनी नाकामा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखामार्फत २२ फागुनदेखि हेल्थडेस्क राखिएको हो । हेल्थडेस्कमा जनशक्ति कम भएको र प्रभावकारी नभएको गुनासो बढेपछि एक नम्बर ढाट नाकामै सारिएको थियो ।

सुरुमा हेल्थ डेस्कलाई सुरक्षाकर्मीहरूले असयोग गरेपनि पछिल्लो समयमा सरकारले कडा निर्देशन गरेपछि उनीहरूले आवत–जावत गर्नेहरूलाई निरागनी गरेर हेल्थ डेस्कमा पठाउन थालेका छन् ।

विराटनगर–जोगबनी नाकामा भारतले पनि आफ्नोतर्फ सीमा सुरक्षाबलसँगै कोरोना हेल्थ उपचार क्याम्प सञ्चालन गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button