प्रदेश १मा साना नाकामा आवात–जावतमा रोक
विराटनगर, ९ चैत । प्रदेश १ सरकारले भारतसँग सीमा जोडिएका साना नाकाबाट हुने आवात–जावत रोक्न निर्देशन दिएको छ । कोरोना संक्रमणका कारण भारतको बिहार राज्यमा एकजनाको मृत्यु भएपछि प्रदेश सरकारले तत्काल साना नाकाहरूमा आवत–जावत रोक्न निर्देशन दिएको हो । आइतबार भारतले जनता कफ्र्यू लगाएको छ ।
कफ्र्यूका कारण आवत–जावत कम छ । भारतसँग सीमा जोडिएको झापा मोरङ सुनसरी र इलाममा आवात–जावत रोक्ने एक नम्बर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताउनुभयो ।
ठूला व्यापारीक नाका अत्यावश्यक सामाग्री ढुवानीका लागि राखेर अन्य साना नाकामा मानिसको आवत–जावत बन्द गर्न सुर्कलेशन गरेको बताउनुभयो । ‘हामीले नाका बन्द गर्न मिल्दैन्,’ उनले भने, ‘ठूला नाका टाइट गरेर सानालाई बन्द गर्न सर्कुलेशन जारी गरेका छौं ।’
प्रदेश सरकारले विराटनगरको रानी, झापाको काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज र भाण्टाबारी नाकामा कडाइ गर्ने र अन्य साना नाकामा आवत–जावत पूर्ण बन्द गर्ने भएको हो ।