Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुको सपथ

विराटनगर, १३ चैत । प्रदेश १ मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझाले सपथ ग्रहण गर्नुभएको हो ।

आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाउनु भएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले सपथ गराउनु भएको हो । कला घलेले भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । उहाँहरुलाई मु्ख्यमन्त्री शेरधन राईले सपथ गराउनु भएको हो ।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गर्नुभएको थि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button