प्रदेश १ का प्रमुख उपप्रमुख संग कोइराला निवासमा डा. शेखरको छलफल

0
73

विराटनगर, २९ पुस । नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसंग कोइराला निवास विराटनगरमा आज छलफल गर्नु भएको छ् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसंग निवासमा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको हो ।छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागीता रहेको थियो । सो अवसरमा कोइरालाले कांग्रेस अहिले जत्ति अफ्ठेरो अवस्थामा कहिल्यै नपुगेको बताउँदै भन्नुभयो,‘‘हामी विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको छ । योसंग जुध्नको लागि पनि पार्टी एकढिक्का हुन जरुरी छ ।’’ कोइरालाले सरकारको गतिविधि अधिनायकवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताउनु भयो ।प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनु भयो । भन्नुभयो तपाइँहरुले गरेको कामले सिंगो पार्टी र जनतामाझ पनि सन्देश जान्छ ।’’ उहाले निश्पक्ष र विकासमा ध्यान दिएर जनमुखी काम गर्न प्रमुख उपप्रमुखहलाई सुझाव दिए ।छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई शीघ्र समाधान गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले कांग्रेस विजयी भएका पालिकाहरुमा समेत काम गर्न कठिनाइ भएको दृष्टान्त प्रस्तुत गरेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here