प्रदेश १ का मुख्यमन्त्री शेरधन राइलाई ध्यानाकर्षण पत्र

0
81

विराटनगर, ४ चैत । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ ले प्रदेशको समग्र विकासका बिषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राइलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेशको समग्र विकास र समृद्धि, प्रदेश सरकार र स्थानीय तहबीचमा हुने समन्वय ,सहकार्यका क्षेत्रहरु र स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेशबाट तर्जुमा भएका एवम् हुनुपर्ने कानुनहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो । कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ का संयोजक महेश बस्नेतले नेपालको संविधान र संघीयता कार्यान्वयनका लागि ३ तहका सरकारहरुको कार्यदक्षता प्रभावकारी हुनुपर्ने र प्रदेश सरकारको नीतिगत एवम् संस्थागत संरचनाबलियो भएमा मात्र स्थानीय सरकारहरु प्रभावकारी हुने भन्दै ध्यान आकर्षण गराउनु भयो । कार्यक्रममा बोल्दै प्रदेश सांसदहरुले प्रदेशको अधिकार संघीय सरकारले चिमोटदै लगेको बताएका थिए । कार्यक्रममा प्रदेश १ प्रमुख सचिव केदार न्यौपानेले योजनाबद्ध र दिर्घकालीन रुपमा रणनीति बनाएर कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को १४ बँुदे ध्यानाकर्षण पत्रमा भएका सुझावहरु मनन् योग्य रहेकाले सोही अनुसार आफूहरु पनि अगाडि बढिरहेको बताउनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here