प्रदेश १ का मुख्य शहरमा सीसी टिभी जडान हुँदै

0
102

विराटनगर, २ असोज । प्रदेश १ का मुख्य शहरहरूको सुरक्षा निगरानीका लागि सीसी टिभी जडान गरिने भएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरीले मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरका प्रमुख शहरमा सिसी टिभी जडान गर्ने भएको हो । राजधानी विराटनगरसहित पहिलो चरणमा ६ जिल्लाको मुख्य शहरहरूमा सीसी क्यामारा जडान गरिनेछन् । जसका लागि सडक सुरक्षा तथा सुशासन कार्यक्रमअन्तर्गत ४ करोड ७४ लाख ८१ हजार १६८ रुपैयाँ बिनियोजन गरेर खर्चको अख्तियारी प्रदेश प्रहरीलाई प्रदेश १ सरकारले प्रदान गरिसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मोरङमा ५८, झापामा ३०, सुनसरीमा ३८, उदयपुरमा २३, धनकुटामा २३ थान र प्रदेश प्रहरी कार्यालय अनि प्रदेश सरकारका मन्त्रालयमा १५ थान सीसी क्यामेरा जडान गरिनेछन् । बढ्दो सवारी दुर्घटना र जघन्य अपराधहरु नियन्त्रण गर्न मोरङ प्रहरीले पूर्व–पश्चिम लोकमार्ग र उत्तरदक्षिण कोशी राजमार्गसहित विभिन्न ५८ स्थानमा सीसी टिभी क्यामेरा जडान गरेको छ । यस अघि मोरङ प्रहरीले विराटनगर महानगरसहित संवेदनशील स्थानमा ९६ वटा सीटी टिभी जडान गरेर निगरानी गरिरहको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here