Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का सभामुखको शुभकामना

विराटनगर , ३० चैत । एक नम्बर प्रदेश सभा सभामुख प्रदिपकुमार भण्डारीले कोरोना भाइरस संक्रमण बिरुद्ध लडने शक्त्ति प्राप्त हुने कामना गर्दै नयाँ बर्षको शुभकामना सन्देश दिनु भएको छ ।

भोलीदेखी सुरु हुने बिक्रम सम्बत २०७७ सालको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धिसँगै कोरोना भाइरस संक्रमण बिरुद्ध लडने शक्त्ति प्राप्त हुने कामना गर्दै उनले शुभकामना दिनु भएको हो ।

उहाँले विश्वलाई नै आक्रान्त बनाई रहेको कोरोना भाईरस महामारीको संत्रासबाट एक नम्बर प्रदेशबासी पनि अछुतो रहन नसकेको भन्दै सभामुख भण्डारीले सानो गल्तीले पनि अवस्था भयावह बन्ने भएकोले सचेत हुन प्रदेशबासीलाई अनुरोध गर्नुभएको छ ।

उहाँले आफनो शुभकामना सन्देशमा भन्नुभएको छ, ‘संकटको अवस्थाबाट उन्मुक्ति प्राप्त गर्न नयाँ बर्षको शुभआगमनले सबै नेपालीहरुलाई एकताबद्ध बनाएर उच्च मनोबल सहित उपायहरु अबलम्वन गर्ने प्रेरणा प्रदान गरोस ।

सभामुख भण्डारीले कठिन परिस्थीतिमा पनि महामारी नियन्त्रणका निमित्त फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतप्रति हार्दिक अभार व्यक्त गर्नुभएको छ । वितेका बर्षमा प्राप्त अनुभवबाट शिक्षा लिदै थप जोश जाँगरका साथ राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तिको संकल्प पुरा गर्न पनि नयाँ बर्षले हौसला प्रदान गर्ने उहाँले विश्वास लिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button