Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का सवै जिल्लामा संक्रमित छैनन्

विराटनगर, २९ जेठ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै जिल्लामा कोरोना संक्रमण नदेखिएको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न तथ्याङ्कहरुमा प्रदेश १ का १३ जिल्लामा संक्रमण देखिएको भनिएतापनि त्यस्तो नभएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश १ मा देखिएको कोरोना संक्रमण भारतबाट आएकाहरुबाट भएको छ ।’ प्रदेश १ का बासीन्दा भएपनि भारतबाट आएकाहरु अधिकांश भएको मन्त्री घिमिरेले बताउनुभयो ।

भारतबाट आएपनि घर पुग्न पाएका छैनन, घर भएकाको आधारमा जिल्लालाई संक्रमण फैलिएको बनाइयो उहाँले भन्नुभयो । प्रदेश १ मा समुदाय स्तरमा कोरोना नफैलिएको पनि मन्त्री घिमिरेले दावी गर्नुभयो। उहाँले भन्नुभयो,‘ समुदायमा संक्रमण हुन दिएका छैनौं, पोजेटिभ देखिनासाथ अस्पताल पुर्याएका छौं ।’

पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्के सिकाईको थलो भएको बताउनुभयो । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उहाँले बताउनुभयो । भुल्केबाटै ‘थ्रिटि’ टे«सिङ, टेष्टिङ र ट्रिटमेन्टको काम शुरु भएको मन्त्री घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ भुल्केको संक्रमणलाई पूर्णरुपमा नियन्त्रण गरिएको छ ।’ भुल्केमा पहिलेकै संक्रमण देखिने संभावना नभएको मन्त्री घिमिरेको भनाई छ ।

भुल्केसँगै धनकुटा जिल्ला अस्पताल र दमकको संक्रमण पनि नियन्त्रण भएको उहाँले बताउनुभयो । भुल्केको अनुभवले, अनुभवी र आत्मबल बढाउने काम भएको मन्त्री घिमिरेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले भुल्के संक्रमणलाई नियन्त्रणमा ल्याउनका लागि गरिएका प्रयासहरुको प्रस्तुती गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button