Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का १४ नेपाली आन्ध्र प्रदेशमा अलपत्र

विराटनगर, १४ चैत । प्रदेश १ का बिभिन्न जिल्लाबाट केही समय अगाडी भारत तीर्थयात्रामा गएका १४ जना नेपाली आन्ध्र प्रदेशमा अलपत्र परेको बताईएको छ । अलपत्र पर्नेमा मोरङ, झापा र पाँचथरका नागरिक रहेको समाचार प्राप्त भएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका १ का तीन जना सहित झापा र मोरङ जिल्लाका १४ जना अलपत्र परेको पाँचथर फालेलुङ गाउँपालिका १ का ७० वर्षीय मुक्तिनाथ खतिवडाले जानकारी दिनुभयो ।कोरोना सङ्क्रमण नियन्त्रणका लागि २१ दिने लकडाउन सुरु भएपछि आफूहरु बाटैमा अलपत्र परेको खतिवडाले टेलिफोन मार्फत खबर गरेको बताईएको छ ।

आफुहरु अहिले दक्षिणी भारतको चेन्नई भन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उहाले जानकारी दिनुभयो । आफुहरु रहेको क्षेत्रमा बस्ती पातलो रहेको र स्थानीयले बास दिन नमान्दा झनै समस्या भएको उहाको गुनासो गर्नुभएको छ ।

भारतिय प्रहरीले पनि आफै सुरक्षित भएर बस्न भनेकाले झनै समस्यामा परेको खतिवडाको भनाई छ । गत फागुन २१ गते भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरुको गएको ११ गते चैत सिलिगुडी आउने रेलको टिकट काटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button