Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का १४ वटै जिल्लामा टेलिकमको सेवा अवरुद्ध

विराटनगर, १८ माघ । अप्टिकल फाइबरमा एक्कासि समस्या आएपछि नेपाल टेलिकमको सेवा प्रदेश १ का १४ वटै जिल्लामा आज बिहानैबाट अवरुद्ध बन्न पुगेको छ । बिहान ३ बजेतिरबाट सेवा अवरुद्ध बनेको थियो ।

सेवा सञ्चालन गर्न झन्डै छ घण्टाभन्दा बढी समय लागेको टेलिकमले जनाएको छ । महोत्तरीको बर्दिवासमा मुसाले तार काटिदिएपछि अप्टिकल फाइबरमा समस्या आउँदा सेवा सञ्चालनमा कठिनाई भएको हो ।

मुसाले तार काटिदिएर फइबरको लिंक नै टुटेपछि उत्पन्न भएको समस्याले सेवा अवरुद्ध सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनले जानकारी दिनु भयो । मर्मत सम्भारपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको उहाँले बताउन भयो ।

सेवा अवरुद्ध हुँदा छ घण्टासम्म प्रदेश राजधानी विराटनगरसहित प्रदेशका १४ वटै जिल्लाहरु झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको महर्जनको भनाइ छ ।

उहाँकाअनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहाक छन् । एक्कासि सेवा अवरुद्ध भएपछि ठूलो संख्यामा रहेका ग्राहाक एकै पटक प्रभावित बनेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button