Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने

विराटनगर, ७ साउन । प्रदेश १ का २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने भएको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र युनिसेफसँगको सहकार्यमा मानव अधिकार तथा वातावरण मञ्च (फरेन) विराटनगरले ९ वटा स्थानीय तहका २१ स्थानमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने भएको हो ।

मोरंगको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई र सुनवर्षी नगरपालिका, बुढीगंगा, धनपालथान, कानेपोखरी गाउँपालिका र सुनसरीको इनरुवा र दुहवी नगरपालिकामा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा क्वारेन्टाईन रहेका स्थान र होल्डिङ एरियामा पहिलो चरणमा कन्ट्याक्टलेस ह्याण्ड वास स्टेशन राखिने छ ।

विराटनगर रानीमा नमूनाका रुपमा ह्याण्ड वास स्टेशन राखिसकिएको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई लक्षित गरि ह्याण्ड वास स्टेशन सँगै पिउने पानीको वोटल पनि वितरण गर्ने गरिएको कार्यक्रमका टिम लिडर नवराज निरौलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button