Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का २ सांसद वामदेवको अभियानमा

विराटनगर, २७ पुस । प्रदेश १ नेकपाका दुई जना सांसद एकता अभियानमा लाग्नुभएको छ। प्रदेशसभा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली नेकपा (दाहाल–नेपाल) र ओली दुवै समूह छाडेर वामदेव गौतमको अभियान तिर लाग्नुभएको छ ।

पार्टी विभाजनपछि कुनै समूहमा नलागेका नेता गौतमले शनिबार मात्र आफ्नै संयोजकत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गर्नुभएको थियो । बुढाथोकी र मैनालीसहित ७ जना स्थानीय नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन अपील समेत गर्नुभएको छ । बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाएपनि अस्वीकार गर्नुभएको थियो ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका मात्रै ६७ जना छन् । ४७ जना आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समूहको दाबी छ । तर अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेका मध्ये उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादव ओली समूहमा फर्किनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button