Tune to BFM 91.2|Biratnagar

प्रदेश १ को जनसुरक्षा कोषमा एकैदिन २१ लाख थपियो

विराटनगर, २० चैत । प्रदेश १ सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा आज थप २१ लाख एक हजार रुपैयाँ थपिएको छ ।

योसहित कोषमा ११ करोड २१ लाख ९५ हजार नौ सय ४४ रुपैयाँ कोषमा जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । आज यो कोषमा कुमारी बैंक लिमिटेडले १० लाख, माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख, गरिमा विकास बैंकले ५ लाख र निर्माण व्यवसायी संघ मोरङले एक लाख एक हजार मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

यसैबीच नेपाल उद्योग परिसंघले ११ लाख बराबरको खाद्यान्न सामाग्री प्रदेश सरकारलाई उपलब्ध गराएको छ । मुख्यमन्त्री राईलाई परिसंघको तर्फबाट चामल, दाल, नुन, तेल र चिउरा सहितको खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । एनआईसी एशिया बैंकले पनि पाँच लाख बराबरको खाद्यान्न सामाग्री आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button