प्रदेश १ को प्रदेशसभा भवनको बैठक कक्ष डुवानमा

0
428

विराटनगर, २६ असार । वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेशसभा भवनको बैठक कक्ष डुवानमा परेको छ ।वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र डुवानमा परेको छ । प्रदेश सभा भवनको बैठक कक्ष भित्र पानी जमेको छ । सामान्य वर्षामा पनि हज भरीएर बैठक कक्ष भित्रको शैचालयबाट पानी निस्कने गरेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो । प्रदेश सभा भवन अघि र हस्पिटल चौकमा पानी जमेपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जीनियर घनश्याम काफ्ले सहितको टोलीले अनुगमन गरेको छ । कोशी अस्पताल र आसपासका क्षेत्रमा जमेको पानी देवकोटा चोक अदालत जाने बाटोको कलबोट खोली महानगरपालिकाले पास गराएको छ । यसबाट हस्पिटल चोक देखिको पानी निकास हुने उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here