Tune to BFM 91.2|Biratnagar

प्रदेश १ जनसुरक्षा कोषमा आज १७ लाख रुपैयाँ जम्मा

विराटनगर, १२ वैशाख । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा आज १७ लाख रुपैयाँ जम्मा भएको छ ।

सो कोषमा निर्माण व्यवसायी महासंघ प्रदेश नं. १ ले १३ लाख रुपैया र महालक्ष्मी विकास वैंक विराटनगरले ४ लाख रुपैया जम्मा गरेको छ ।

प्रदेश नं. १ का मुुख्यमन्त्री शेरधन राईलाई संस्थाका प्रमुखहरुले सो रकम वरावरको चेक आज हस्तान्तरण गर्नुभयो । निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहनप्रसाद अधिकारी र महालक्ष्मी विकास वैंकका प्रवन्धक भरतप्रसाद खतिवडाले मुुख्यमन्त्री राईलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक ग्रहण गर्दै मुुख्यमन्त्री राइले कोषमा जुुटेको सहयोग रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरिने भन्दै सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुुभयो । सो कोषमा अहिले सम्म २८ करोड ८८ लाख रुपैयाभन्दा वढि रकम जम्मा भइसकेको छ ।

कोषमा सहयोग आउने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button