Tune to BFM 91.2|Biratnagar

प्रदेश १ डिआईजी कार्कीलाई कोरोना संक्रमण

विराटनगर, २३ भदौ । प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।
ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उहाँले सोमबार बिहान स्वाब परीक्षणका लागि दिनु भएको थियो । कार्कीलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुईकेलले प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको बताउनुभयो ।

प्रदेश १ मा हाल सम्म ३ सय ५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये दुई सय २० जना डिस्चार्ज भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button