प्रदेश १ पनि प्रहरी ऐन बनाउँदै

0
212

विराटनगर, २६ चैत । प्रदेश नं १ ले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी संगठन बनाउन कानून निर्माणको तायरी गरेको छ । संघीय सरकारले प्रहरीसम्बन्धी कानून निर्माणमा ढिलाइ गरिरहेको बेला प्रदेश सरकारले प्रहरी गठन, सेवा, शर्त र सञ्चालनसम्बन्धी कानून निर्माणको गृहकार्य सुरु गरेको हो । गत हप्ता बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी गठन, सेवा, शर्त र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । प्रदेश २ ले यसअघि नै प्रहरी ऐन निर्माण गरिसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत दिपेन राईले प्रदेशले बनाउनुपर्ने ऐनलाई तयारी अवस्थामा राख्न लागेको बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार गठन भएको १ बर्ष २ महिना पूरा हुँदा पनि संघीय सरकारले संघीय प्रहरी ऐन नल्याएकाले आफूहरु कानून निर्माणको तयारीमा जुटेको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here