Tune to BFM 91.2|Biratnagar

प्रदेश १: प्रमाणपत्र नआएपछि रोकियो नयाँ दलको बैठक

विराटनगर, २३ भदौ । प्रदेश १ मा नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दल गठनको समय लम्बिएको छ । समाजवादी पार्टीले बुधबार बैठक बसेर नयाँ संसदीय दल गठनको तयारी गरेको थियो । तर निर्वाचन कार्यालयले प्रमाणपत्र पठाउन ढिलो गरेपछि दल गठन प्रक्रिया लम्बिएको हो ।‘निर्वाचन आयोगले प्रमाणपत्र दिन दुई–तीन दिन समय लाग्ने भनेको छ,’ समाजवादी पार्टीका सांसद उपेन्द्र घिमिरेले भने, ‘प्रमाणपत्र आएपछि मात्रै नयाँ दल गठन हुन्छ ।’

प्रमाणपत्र आएपछि दलको बैठक बस्ने उनले बताए ।उनका अनुसार समाजवादी पार्टीका नेता राजेन्द्र राई काठमाडौँ गएका कारण दलको बैठक केही दिनका लागि लम्बिएको छ । नयाँ दल गठन प्रक्रिया पूरा भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई हटाउने विपक्षी गठबन्धनको तयारी छ ।

नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन् । प्रदेशमा विपक्षी गठबन्धनले सरकार गठनको तयारी गरिरहेको छ । ९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । एमालेमा सभामुखसहित ४१ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button