Tune to BFM 91.2|Biratnagar

प्रदेश १ बाट आज ३८ जना डिस्चार्ज भए

विराटनगर, ३० असार । प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज भएकामा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलाम र पाँचथरका १–१ जना रहेको छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४२ पुगेको छ ।प्रदेश १ मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटामा ३, झापा, सुनसरी र तेर्हथुममा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार धनुकुटाको छथर जोरपाटीमा २ पुरुष, शहिदभूमीमा १ पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र तेर्हथुमको म्याङलुङमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button