Tune to BFM 91.2|Biratnagar

प्रदेश १ बाट थप १ जना डिस्चार्ज

विराटनगर, ६ जेठ । प्रदेश १ बाट थप एकजना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।

पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयो ।

मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत रहेका छन् । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button