Tune to BFM 91.2|Biratnagar

प्रदेश १ बाट १ हजार ४ सयको नमूना संकलन

विराटनगर, २० वैशाख । प्रदेश नंं १ बाट कोरोना भाईरसका शंकास्पद १ हजार ४ सय बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म १ हजार ४ सय ९६ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आज सम्म ३ सय ५१ महिला र १ हजार १ सय ४५ पुरुषको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएकाम मध्ये १ हजार ४ सय ८४ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका मध्ये ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

३ सय ४७ महिला र १२ हजार १ सय ६ पुरुष गरि १ हजार ४ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज १ सय ५४ जनाको स्वाव संकलन गरिएको छ ।

आज स्वाव संकलन गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी विधिबाट आज सम्म ५ हजार ४ सय ९९ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

परीक्षण गरिएका मध्ये ९ सय २८ महिला र ४ हजार ५ सय ५६ पुरुष गरि ५ हजार ४ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म ५ हजार ७ सय १४ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । आज सम्म मात्रै ११ ओटा वेड थपीएको छ ।

क्वारेन्टाईनमा ४ सय ८१ महिला र १ हजार ७ सय ७९ पुरुष गरि २ हजार २ सय ७८ जना बसेका छन् । होम क्वारेन्टाईनमा वस्नेको संख्या ६ हजार ७ सय ६ पुगेको छ । होम क्वारेन्टाईनमा १ हजार २ सय ६४ महिला र ५ हजार ४ सय ४२ पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म आईसोलेसनमा वस्नेको संख्या ३४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button