Tune to BFM 91.2|Biratnagar

प्रदेश १ बाट २ हजार १ सय बढीको स्वाव संकलन

विराटनगर, २९ वैशाख । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद २ हजार १ सय ४० जनाको स्वाव संकलन गरिएको छ । हिजो ६९ महिला र ६२ पुरुष गरि १ सय ३१ ज्नाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएका मध्ये ५ सय ९७ महिला र १ हजार ५ सय ४ पुरुष गरि २ हजार १ सय १ जनको रिपोर्ट नेगेटिम आएको छ । स्वाव संकलन गरिएका मध्ये ३५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वाव संकलन गरिएका मध्ये ३९ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ मा आरडिटी विधिबाट ७ हजार ७ सय ३७ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका मध्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी गरिएको १ हजार ४ सय ४९ महिला र ६ हजार २ सय ६७ पुरुष गरि ७ हजार ७ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश १ मा बैशाख २८ गते सम्म ५ हजार ९ सय २५ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा १ सय ९७ महिला र ७ सय ४२ पुरुष गरि ९ सय ३९ जना रहेका छन् । होमक्वारेन्टाईनमा बस्नेको संख्या ७ हजार ९ सय ९७ पुगेको छ ।

होमक्वारेन्टाईनमा १ हजार ५ सय ८४ महिला र ६ हजार ४ सय १३ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button