Tune to BFM 91.2|Biratnagar

प्रदेश १ बाट ३० जनाको नमूना संकलन

विराटनगर, १७ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंखास्पद ३० जनाको नमूना संकलन गरिएको छ । हिजो सम्ममा ३० जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

उहाँका अनुसार २३ को रिपोर्ट आएको छ । नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाइएको मध्ये २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताउनुभयो । कोरोना भाईरसका शंखास्पद विरामी राख्नका लागि प्रदेश नं. १ का विभिन्न जिल्लाका स्थानीय तहहरुले २ हजार १ सय २९ वटा क्वारेन्टाईन वेड निर्माण गरेका छन् ।

झापामा ३ सय ४१ , मोरंगमा ३ सय, सुनसरीमा ७०, उदयपुरमा २ सय २१, ओखलढुंगामा ३६, खोटाङमा १ सय ७१, सोलुखुम्वुमा ३ सय १५, भोजपुरमा १ सय ५६, संखुवासभामा ५४, धनुकटामा ७२, तेर्हथुममा १ सय ७०, इलाममा १०, पाँचथरमा १ सय ७८ , ताप्लेजुङमा ३५ वटा क्वारेन्टाईन वेड निर्माण भएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

उहाँका अनुसार आईतबार साझसम्म प्रदेश १ मा ५ सय ६५ जना होम क्वारेन्टाईनमा बसेका छन् । क्वारेन्टाईन क्याम्पमा १ सय ७३ र आईसोलेसन वेडमा ११ जना भर्ना भएको प्रवक्ता डा. मेहताले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ मा आईसोलेसन वेड ३ सय २० वटा तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button