Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज३८ जना संक्रमित थपिए , ६ जना डिस्चार्ज

विराटनगर, १९ असार । प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

आज ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरंगको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट आज ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरंगका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४ सय ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button