Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर,८ साउन । प्रदेश १ मा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८, सुनसरी र धनकुटामा २/२ र झापामा एकजनामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको हो । विराटनगरका चारजना प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी हुन् ।सुनसरीको कोसी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो । प्रदेश १ मा आज सम्म ३८ हजार १ सय ३५ जनाको कोरोना परीक्षण गरिएको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button