Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज १४ जना संक्रमित थपिए

विराटनगर, १३ असार । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला र ४ पुरुष, इलामको सुर्याेदय नगरपालिकामा ५ पुरुष र मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो ।प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ३३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button