Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज १६८ संक्रमित थपिए

विराटनगर, ९ वैशाख । प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेर्‍हथुम र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमित मध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् । मोरंगको बुढीगंगा, उर्लाबारी, कटहरीमा २-२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १-१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१, झापाको भद्रपुर र विर्तामोडमा ४-४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, तेर्‍हथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् । प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button