Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज १८८ कोरोना संक्रमित थपिए

विराटनगर, १४ वैशाख । प्रदेश १ मा आज १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४-४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३-३, बुढीगंगा र लेटाङमा २-२, रंगेली, कटहरी, ग्रामथान र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापा गाउँपालिकामा १-१, धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १-१, उदयपुरको उदयपुरगढी र स्थानीय तह नखुलेका २-२, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १-१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button