Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ४० पुग्यो

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् ।सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका संक्रमित सबै रतुवामाई नगरपालिकाका हुन् ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिकाका १२, बर्जु गाउँपालिकामा ३, धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा १र१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । बराहक्षेत्रमा संक्रमित व्यक्ति ७ वर्षका बालक हुन् ।

विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । जेठ २३ गते ३९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ ।प्रदेश १ बाट ७८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button