प्रदेश १ मा आज ५९ संक्रमित थपिए, ७१ जना डिस्चार्ज

विराटनगर ३ असोज । प्रदेश १ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६ पुरुष, बुढीगंगामा ४ महिला १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ । प्रदेश १ बाट आज ७१ जना डिस्चार्ज भएका छन् ।

होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन, कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ । प्रदेश १ मा आज १ हजार १३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button