Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आज ७२० जना डिस्चार्ज, ४३ संक्रमित थपिए

विराटनगर, ११ कात्तिक । प्रदेश १ मा आज ७२० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७१५, विराट मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार ४४६ जना डिस्चार्ज भएका छन् ।

आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३०, झापामा ७, मोरंगमा ६ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा २७, इटहरीमा ३, झापाको विर्तामोडमा ४, दमकमा २, भद्रपुरमा १, मोरंगको सुन्दरहरैचामा ३, विराटनगर, उर्लाबारी र कटहरीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमित संख्या १७ हजार ६९४ पुगेको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

मोरंग र सुनसरीमा २–२ पुरुषको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १६४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button