Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आरडिटी र पिसीआर विधिबाट ६ हजार ३ सयको परीक्षण

विराटनगर, १९ वैशाख । प्रदेश १ मा हिजो सम्म आरडिटी र पिसीआर विधिबाट ६ हजार ३ सय बढीको परीक्षण गरिएको छ । हिजो साँझ सम्म ६ हजार ३ सय ७७ जनाको परीक्षण भएको छ । कोरोना शंकास्पद १ हजार २ सय ८८ जनाको स्वाव संकलन गरिएको छ ।

हिजो सम्म ३ सय ८ महिला र ९ सय ८० पुरुषको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएका मध्ये २ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३ सय ६ महिला र ९ सय ४४ पुरुष गरि १ हजार २ सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको मध्ये ७ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी विधिबाट ५ हजार ८९ जनाको एण्टीवडी परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परीक्षण गरिएका मध्ये ८ सय ३६ महिला र ४ हजार २ सय ४० पुरुष गरि ५ हजार ७६ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा हिजो सम्म ५ हजार ६ सय ६३ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । वैशाख १८ गते मात्रै ६१ ओटा वेड थपीएको छ । क्वारेन्टाईनमा ४ सय ९८ महिला र १ हजार ८ सय ३९ पुरुष गरि २ हजार ३ सय ३७ जना बसेका छन् हिजो ३० जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाईनमा वस्नेको संख्या ६ हजार १ सय ९९ पुगेको छ ।

होम क्वारेन्टाईनमा १ हजार ८७ महिला र ५ हजार १ सय १२ पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आईसोलेसनमा वस्नेको संख्या ३९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button