Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आरडिटी र पिसीआर विधिबाट ६ हजार ७० को परीक्षण

विराटनगर, १७ वैशाख । प्रदेश १ मा आरडिटी र पिसीआर विधिबाट ६ हजार बढीको परीक्षण भएको छ । आज साँझ सम्म ६ हजार ७० जनाको परीक्षण भएको हो । कोरोना शंकास्पद १ हजार ८५ जनाको स्वाव संकलन गरिएको छ ।

आज सम्म २ सय ८१ महिला र ८ सय ४ पुरुषको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएका मध्ये २ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना परीक्षण गरिएका मध्ये १ हसय ६१ म्हिला र ७ सय ६९ पुरुष गरि ९ सय ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको मध्ये १ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी विधिबाट आजसम्म ४ हजार ९ सय ८५ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

परीक्षण गरिएका मध्ये ८ सय २२ महिला र ४ हजार १ सय ५० पुरुष गरि ४ हजार ९ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आजसम्म ५ हजार ६ सय २ जना क्षमताको निर्माण गरिएको छ । आज मात्रै ७५ ओटा वेड थपीएको छ । क्वारेन्टाईनमा ४ सय ७६ महिला र १ हजार ७ सय ८२ पुरुष गरि २ हजार २ सय ५८ जना बसेका छन् ।

आज ६५ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाईनमा वस्नेको संख्या ६ हजार १ सय ४७ पुगेको छ । होम क्वारेन्टाईनमा १ हजार ७२ महिला र ५ हजार ७५ पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आजसम्म आईसोलेसनमा वस्नेको संख्या ३९ पुगेको छ । आईसोलेसनमा ५ महिला र ३४ पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button