Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा आरडिटी र पीसीआर विधिबाट ८ हजार ९ सय बढीको परीक्षण

विराटनगर, २६ वैशाख । प्रदेश १ मा आरडिटी र पीसीआर विधिबाट ८ हजार ९ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म दुवै विधिबाट ८ हजार ९ सय ९७ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट कोरोना भाईरसका शंकास्पद १ हजार ७ सय ९५ जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएकामा ४ सय ३५ महिला र १ हजार ३ सय ६० पुरुष रहेका छन् । स्वाव संकलन गरिएका मध्ये ४ सय २३ महिला र १ हजार २ सय ९५ पुरुष गरि १ हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आरडिटी विधिबाट आज सम्म १ हजार ३ सय ५ महिला र ५ हजार ८ सय ९७ जना पुरुष गरि ७ हजार २ सय २ जनाको परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १ हजार २ सय ९८ महिला र ५ हजार ८ सय ८६ पुरुष गरि ७ हजार १ सय ८४ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा ५ हजार ९ सय २१ वेड क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा २ सय ७२ महिला र ९ सय ४० पुरुष गरि १ हजार २ सय १२ जना रहेका छन् । होम क्वारेन्टाईनमा ७ हजार ८ सय ३५ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आईसोलेसनमा बस्नेको संख्या १७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button