Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा एसईईको तयारी पुरा

बिराटनगर ५ चैत । प्रदेश १ का १४ जिल्लामा हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्वास्थ्यकर्मी पनि परिचालन गरीने भएको छ ।

भोलीदेखी सुरु भएर चैत १७ गते सकिने परिक्षाको सबै तयारी पुरा भएको र प्रत्येक केन्द्रमा स्वास्थ्यकर्मी स्वास्थ्य परिक्षणका लागि खटाउने तयारी भएको सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जानकारी दिएका छन ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको एसइइ परीक्षामा विद्यार्थीको ज्वरो पनि परिक्षण गरीनेछ । यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलले प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्र रहेको र ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएको बताउनुभयो । त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button