Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा कुष्ठरोगी घटे

विराटनगर, १९ माघ । प्रदेश १ मा कुष्ठरोगी घटेका छन् । गत बर्षको तुलनामा ८९ जना कुष्ठरोगी घटेको प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ । गत बर्ष ४१२ जना कुष्ठरोगी रहेका थिए ।

चालु आर्थिक बर्षको मंसिर मसान्त सम्ममा ३२३ जना कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य निरीक्षक तारा सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ मा ४ जिल्लामा मात्र कुष्ठरोगी भेटिएका छन् । झापामा सवैभन्दा बढी १४० जना कुष्ठरोगी रहेको सुवेदीले बताउनुभयो ।

उहाँका अनुसारमा मोरङमा ११३, सुनसरीमा ६७ र उदयपुरमा ३ जना रहेका छन् । प्रदेश १ मा कुष्ठरोग नियन्त्रण हुँदै गएको जनस्वास्थ्य निरीक्षकसुवेदीले बताउनुभयो । उहाँका अनुसार कुष्ठरोग न्युनीकरणका लागि विरामीको सम्पर्कमा रहेकाहरुलाई औषधि दिने गरिएको छ । सन २०३५ भित्रमा कुष्ठरोग निवारणगर्ने सरकारको लक्ष्य रहेको सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button