Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय २४ पुग्यो

विराटनगर, ६ साउन । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरंगको धनपालमा २, रतुवामाई र कटहरीमा १/१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १/१ पुरुष, इलामको इलाम नगरपालिकामा २ पुरुष र स्थायी ठेगाना सर्लाही भएका सुनसरीका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय २४ पुगेको छ । प्रदेश १ बाट हाल सम्म ७ सय १० जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ आज ६ सय ६९ जनाको कोरोना परीक्षण गर्दा ३ महिला र १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताबताउनु भयो । उहाकाअनुसार आजसम्म प्रदेश १ मा ३७ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३६ हजार २ सय ३६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button