Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ पुग्यो

विराटनगर, २७ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरूमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।

शंका लागेपछि पुन : नमुना संकलन गरी परीक्षण गर्दा ३ महिलामा विहान र एक महिलामा साँझ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसअघि संकलन गरिएको थ्रोट स्वाब ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो ।

रि–स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । यसअघि वैशाख ५ गते उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख ६ गते एक जना तथा वैशाख ८ र ९ गते थप १५ जनामा कोरोना संक्रमण देखिएको थियो । १७ दिनयता उदयपुरको भुल्केमा संक्रमण देखिएको थिएन । भुल्केको दैनिकी पनि सामान्य अवस्थामा फर्किँदै थियो । तर, अहिले थप चार जनामा कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ लाई झस्काएको छ ।

उदयपुरको भुल्केमा संक्रमितको संख्या ३२ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ३५ पुगेको छ । उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका २८ मध्ये १४ जना उपचारपछि निको भएका छन् । डिस्चार्ज भएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैवीच उदयपुरमा ४ सहित

थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ४, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button